दफा १४
निकासीको लागि गुणस्तर प्रमाणीकरण गराउन सक्ने
(१) खाद्य व्यवसायीले निकासी गर्न चाहेको खाँच पदार्थ निकासी गरिने मुलुकको गुणस्तर मापदण्ड बमोजिम भए वा नभएको प्रमाणीकरण गराउन चाहेमा विभाग वा विभागले तोकेको कार्यालयबाट प्रमाणीकरण गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम खाद्य पदार्थको गुणस्तर प्रमाणीकरण गर्दा लाग्ने शुल्क तथा प्रमाणीकरण सम्बन्धी अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ।